तोलामा ८ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 10:38:05 AM मा प्रकाशित

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २१० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved