सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 10:57:52 AM मा प्रकाशित

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सयले नै घटेर तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved