आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।