Election 2079 Worldcup 2022

सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 10:36:47 AM मा प्रकाशित

laxmi bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved