तोलामा १ हजारले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 10:50:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved