सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 10:45:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार २ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved