तोलामा १ सय रुपैयाँले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 10:39:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved