तोलामा १४ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 10:44:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ४ सय रुपैयाँले नै बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved