तोलामा १४ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 11:21:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ४ सय रुपैयाँले नै बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले महँगिएर प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ७ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ३ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ रुपैयाँ १० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved