तोलामा १३ सयले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 11:01:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ हशजार ३ सय रुपैयाँले बढेर तोलाको ९५ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ३ सय रुपैयाँले नै बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ४ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved