तोलामा १६ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 12:07:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९५ हजा ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ६ सय रुपैयाँले नै बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved