तोलामा १ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 11:11:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९७ हजा ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved