तोलामा १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 10:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार १ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ७ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved