तोलामा ४ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 10:43:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज हिबिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved