तोलामा १ हजारले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 12:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९८ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर तोलाको ९९ हजार १ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ९ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved