आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 11:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेर तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ३ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ८ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७५ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved