१ लाख नाघ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 10:36:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेर प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । 

बिहिबार तोलाको ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको तोलामा ३० रुपैयाँले महँगिएर तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved