एकैदिन तोलामा १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 10:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ। सोमबार तोलाको १ लाख ५ हजार ३ सयमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ मा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार १ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ९० हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved