आज शुक्रबार सुनको मूल्य घटेको छ। बिहिबार प्रति तोला १ लाख ६ हजार ९ सयमा पुगेर हालसम्म कै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज शुक्रबार तोला मै ११ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा ११ रुपयाँ ले घटेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ११ सयले घटेर प्रति तोला १ लाख ५ हजार ३ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ७ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार २ सय ७५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८३ कायम गरेको छ।