आज बिहिबार सुनचाँदीको मुल्य बढेको छ। बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा १ हजार २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सजा सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि गत माघ १२ गते प्रति तोला १ लाख ६ हजार ९ सयमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । आज सो रेकर्ड पनि तोडिएर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार २ सयले बढेर प्रति तोला १ लाख ७ हजारमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९२ हजार १ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९१ हजार ७ सय ३५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ पैसा कायम गरेको छ।