आज शुक्रबार सुनचाँदीको मुल्य घटेको छ। बिहिबार प्रति तोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन पनि तोलामा १ हजार ४ सयले घटेर प्रति तोला १ लाख ५ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ९ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ५ सय ३५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० रुपैयाँ पैसा कायम गरेको छ।