सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 10:49:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ सय रुपैयाँले नै घटेर तोलाको १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved