ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 11:34:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार ७ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८८ हजार ७ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved