सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 11:08:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८९ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ८ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved