अमेरिकामा बैंक डुब्दाको असर नेपालसम्म: ह्वात्तै बढ्न थाल्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 10:33:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा बैंक डुब्दा यसको असर सुनको भाउमा परेको छ । अमेरिकामा २ ठूला बैंकहरु डुबेपछि अन्तराष्ट्रिय बजारमै सुनको भाउ अचाक्ली बढ्न थालेको छ । 

अमेरिकी सरकारले बैंक डुबेको अवस्थामा निक्षेपकर्ताहरुलाई बचाउने बताइरहे पनि तत्काल आवश्यक निर्णय नगरे सुनको भाउ अझै उकालो लाग्ने विश्लेषकहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्यले पनि एक हप्तामा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको सुनाए । 

उनका अनुसार रुस युक्रेन युद्धले बढाइरहेको सुनको भाउ अमेरिकी बैंक डुबेपछि फेरि उकालो लागेको हो । सँगै, आर्थिक मन्दीको विश्वब्यापी त्रासले पनि सुनमा लगानीकर्ताहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढ्दा त्यसको तुलनामा नेपालमा झन महँगो पर्न जान्छ । डलर तिरेर खरिद गर्नुपर्ने र भन्सार दर उच्च भएकाले नेपालमा सुन महँगो पर्छ ।

यस्तै, रुस र चीनले डलरलाई चुनौती दिन र अन्तराष्ट्रिय ब्यापारमा डलरको विकल्प खोज्न सुरु गरेका छन् । यसका लागि रुस चीनले पनि सुनको सञ्चिती बढाएका छन् । हाल रसिया र चाइनाले सुन खरिद गरिरहेका छन् । यसले पनि सुनको भाउ बढाउन मद्दत गरेको छ ।

अमेरिकाका सिलिकन भ्याली र सिल्भरगेट बैंक बन्द भएका छन् । यो घटनाका कारण थप वित्तीय समस्या आउन नदिन भन्दै सिग्नेचर बैंक पनि अस्थायी रुपमा बन्द गरिएको छ । 

आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ७ सय र तेजाबी सुनको भाउ प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अमेरिकी सिलिकन भ्याली बैंक डुब्नु अगाडी नेपालमा सुनको भाउ प्रतितोला १ लाख रुपैयाँदेखि १ लाख २ हजार रुपैयाँको आसपासमा थियो । तर, अहिले १ लाख ५ हजार ७ सय रुपैयाँ पुगिसकेको छ । भाउ बढ्ने क्रम जारी नै छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved