एक महिनामा सुनको भाउ १७ सयले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 11:33:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो एक महिनामा सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ । गत फागुन १ गते प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज चैत १ गते आइपुग्दा प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै, तेजाबी सुनको भाउ पनि यो एक महिनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले नै बढेको छ । फागुन १ गते तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुनको भाउ आज चैत १ गते १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने एक महिनाको अवधिमा जम्मा ५ रुपैयाँले मात्रै बढेको छ । फागुन १ गते तोलाको १ हजार २९५ रुपैयाँ रहेको चाँदीको भाउ आज चैत १ गते प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

फागुन अन्तिम तिर सुनचाँदीको भाउ क्रमशः घट्दो क्रममा देखिएको भएपनि अमेरिकामा २ वटा बैंकहरु डुबेपछि अहिले फेरि बढ्न थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved