सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 10:58:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ४ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९१ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १९ रुपैयाँ कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved