हालसम्म कै महँगो हुँदै सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा २९ सयको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 10:44:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आईतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। शुक्रबार तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २९ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि गत माघ १९ गते प्रति तोला १ लाख ७ हजार १ सयमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। आज सो रेकर्ड पनि तोडिएर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३  सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५३ रुपैयाँ कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved