आइतबार मूल्यमा ‘रेकर्ड ब्रेक’ गरेको सुनको भाउ कतिसम्म पुग्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 01:52:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउले आज रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार ९ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

अमेरिकामा २ वटा बैंक डुबेपछि संसार भरी नै सुनको भाउ बढिरहेको छ । अमेरिकी सरकारले डुबेका बैंकका बचतकर्ता र लगानीकर्ताको रकमलाई सुरक्षित गर्ने उपाय अपनाएर निर्णय सार्वजनिक नगरेसम्म सुनको भाउ बढिरहने व्यवसायीहरुले बताएका छन् ।

‘अमेरिकाले डुबेका बैंकहरुको संरक्षणमा के कस्तो नीति लिन्छ भन्ने यकिन नभएसम्म सुनको भाउ माथि नै जान्छ’ सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य भन्छन्, ‘अहिले वेट एण्ड सी कै अवस्था हो, यतिसम्मै जान्छ भन्ने प्रेडिक्शन गर्न सकिने अवस्था रहेन ।’

शाक्यले चैत १ गते बिजपाटीसँग कुराकानी गर्दैै सुनको भाउ प्रतितोला १ लाख १० हजारसम्म पुग्न सक्ने बताएका थिए । तर, अहिले १ लाख १० हजार प्रतितोला पुगिसकेकाले अब अझै माथि जान सक्ने देखिएकाले यति नै पुग्न सक्छ भनेर भन्न सकिने अवस्था नरहेको शाक्यले बताए ।

‘सुनको भाउ बढ्नुको मेजर कारण भनेको अमेरिकी बैंक डुब्नु नै हो’ उनले भने, ‘प्रतितोला १ लाख १० हजारसम्म जान्छ भन्ने थियो, अहिले पुगिसक्यो । अब अझै माथि जान्छ ।’

आर्थिक मन्दीको विश्वब्यापी त्रासले पनि विश्व भरी नै सुनमा लगानीकर्ताहरु आकर्षित भएका छन् । रुस र चीनले पनि सुनको सञ्चिती बढाउन सुनमा लगानी बढाइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved