बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 12:03:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved