
आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ८ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ४ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९१ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४४ रुपैयाँ ५० पैसा कायम भएको छ।