सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 01:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ८ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved