
 2mb (1).gif)
नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । मंगलबार तोलाको १ लाख १० हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो हाल सम्म कै उच्च मूल्य हो ।
आज तेजावी सुन पनि तोलामा १५ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख ११ हजार ४ सय ५० कायम भएको छ । चाँदीको भाउ पनि तोलामा २० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९८ हजार २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।
बजेटले सुनको भन्सार शुल्क बढाएपछि २ दिनको अवधि मै सुनको मूल्य ३९ सय रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्।