तोला मै १७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 10:50:49 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार हालसम्म कै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज घटेको छ । शुक्रबार  तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

आज तेजावी सुन पनि तोलामा १७  सय रुपैयाँले नै घटेर प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।  चाँदीको भाउ पनि तोलामा २० रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ । 

बजेटले सुनको भन्सार शुल्क बढाएपछि ४ दिनको अवधि मै सुनको मूल्य ५२ सय रुपैयाँले बढेको थियो। त्यसपछि आज सुनको मूल्य घटेको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved