घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 11:34:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजारले घटेर प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले सस्तो  हुँदै प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ७ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved