सुनको मूल्य घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 11:03:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटे प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved