सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 10:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 चाँदीको भाउ तोलामा २० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved