आज पनि बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 10:39:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ। बिहिबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved