आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 10:43:09 AM मा प्रकाशित

laxmi sunrise bank

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९-० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ९  सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ७७ रुपैयाँ ८० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved