सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 10:55:31 AM मा प्रकाशित

साताको पहिलो कारोबार दिन आइतबार पहेंलो धातु सुनको मूल्य बढेको छ । यो दिन छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै आज तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ६५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७९ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved