१ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 10:39:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ। मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ६५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ९६ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved