सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2024 | 10:43:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ। बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै आज तेजावी सुनको भाउ पनि १६ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

चाँदीको भाउ ६० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ४३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ४७.५ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved