कीर्तिमानी उचाइमा सुनको मूल्य, किन बढेको बढ्यै छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2024 | 06:11:28 PM मा प्रकाशित

पहेंलो धातुका रूपमा परिचित सुनको मूल्यले फेरि नयाँ कीर्तिमानी बनाएको छ ।

रुस–युक्रेन तथा इजरायल हमास बीचको युद्ध रोकिने अनिश्चितता बढेसँगै अन्तरराष्ट्रिय बजारमा अस्थिरता देखिँदा र डलरको भाउ उकालो लाग्दा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको जानकार बताउँछन् ।

अन्तरराष्ट्रिय बजारमा  अस्थिरता कायमै रहेका  कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् भने यहि बीचमा डलरको भाउसमेत उकालो लाग्दा सुनको मूल्यले कीर्तिमानी कायम गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार ४००रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एकैदिन १ हजार ६००रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको  छ। यो मूल्य हालसम्मकै उच्च हो । 

सुनचाँदी व्यवसायीका अनुसार मूल्य विश्लेषण गर्दा सुनको मूल्य कीर्तिमानीको बाटोमा अगाडि बढेको देखिन्छ ।

हुन त नेपालमा अन्तरराष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तरराष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तरराष्ट्रिय बजारमा आएको उत्तारचढावसँगै नेपालमा पनि मूल्य बढाइन्छ । 

विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने पहेंलो धातुु सुनको मूल्य केही वर्षमै निकै माथि पुग्नेछ ।  

यस्ता प्रक्षेपणहरुलाई आधार मान्ने हो भने सुनको मूल्य अबको ४/५ वर्षभित्रमा प्रतिऔंस ४ हजार १०० अमेरिकी डलरभन्दा माथि पुग्नेछ । हाल अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३०० डलर माथि छ ।  यसरी नै मूल्य  बढ्दै जाने हो भने सुनको मूल्य लगभग नेपालाम केहि वर्षभित्र नै प्रतितोलामा २ लाख ५० हजार रुपैयाँभन्दा माथि पुग्न सक्छ ।

मुद्रास्फिति, मुद्राहरुको मूल्यमा हुने उतारचढाव, भूराजनीतिक तनावका कारण मन्दीको जोखिम, ब्याजदरहरुमा हुने तीव्र उतारचढाव तथा आपूर्ति र मागसँग अन्तरसम्बन्धित विषयले सुनको मूल्यमा प्रभाव पारिरहेको हुन्छ ।

त्यसो त बजार विश्लेषकहरुले सन् २०२४ को अन्त्यसम्ममा सुनको मूल्य  प्रतिऔंस २ हजार ५५२.१५ डलरसम्म पुग्नसक्ने आकलन गरेका छन् । यदि यो प्रमाणित भयो भने चाहिं सन् २०२४ भित्र नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ हाराहारी पुग्ने छ ।

अर्कोतर्फ बजार विश्लेषकहरुले सन् २०२५ देखि २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ४ हजार १०० डलरभन्दा माथि पुग्नसक्ने दाबी गरेका छन् । यो भनेको हाल कायम मूल्यको ९० प्रतिशतभन्दा बढी हो ।-एजेन्सीहरु

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved