घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 10:31:55 AM मा प्रकाशित

laxmi sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ। बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज तेजावी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ४३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ४७.५ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved