सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 10:29:59 AM मा प्रकाशित

laxmi sunrise bank

आज आइतबार सुनचाँदीको भाउ ह्वात्तै बढेर नयाँ रेकर्ड राखेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य हालसम्मकै उच्च हो। 

त्यस्तै आज तेजावी सुनको भाउ पनि १६ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

चाँदीको भाउ ११० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ३८ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved