आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । हिजो बिहिबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सयर रुपैयाँमा कारोबर भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।
यो दिन चाँदीको भाउ भने १० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ३७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९० रुपैयाँ तोकेको छ ।