आज सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2024 | 10:30:40 AM मा प्रकाशित

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेको छ ।  यस दिन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ४८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६५४ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved