२३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2024 | 10:34:16 AM मा प्रकाशित

आज बिहीबार सुनको भाउ बढेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै, आज तेजावी सुन पनि २३ सय रुपैयाँले नै बढेको छ ।  यस दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ भने ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ४५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ८५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२९ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved