पहेंलो धातु सुनको मूल्यले शुक्रबार कीर्तिमानी उचाइ छोएको छ ।
यो दिन सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक उचाइ कायम गरेको छ ।
यो दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोछ । त्यसैगरी, तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत जेठ ७ गते १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।त्यस्तै यो दिन तेजावी सुन भने तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । चाँदीको प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।