चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २ हजार ६५२ केजी सुन आयात भएको छ । २०८० साउन देखि २०८१ जेठ मसान्तसम्म २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ३ वटा देशबाट उक्त परिमाणमा सुन भित्रिएको हो । यूनाईटेड अरब ईमिरेट्स (यूएई), टर्की र भारतबाट उक्त सुन आयात भएको हो । यूएईबाट २२ अर्ब २५ करोड ८४ लाख रुपैयाँको २ हजार ५ सय केजी ५०० ग्राम सुन भित्रिएको छ भने टर्कीबाट १ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको १५० केजी सुन आयात भएको छ ।
त्यसैगरी, भारतबाट १.३६ केजी सुन आयात भाएको भन्सार विभागले जनाएको छ । उक्त सुन आयातबाट ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।